मालपोत कार्यालयमा ‘टाइमकार्ड’ लागू

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन २ गते।

मालपोत कार्यालयमा सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सबैले देख्ने र बुझ्ने गरी दुई घण्टाभित्र काम सम्पन्न गर्ने जानकारीसहितको नागरिक बडापत्रको व्यवस्था मिलाउन निर्देशन दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *