अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन १३ गते।
आईसीसी यू-१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल आज कुवेतसँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार बिहान १०:४५ बाट सुरु हुनेछ ।
नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।
कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा हङकङसँग पराजित कुवेत नेपाल माथि जित निकाल्न चाहन्छ ।