मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्ने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन १४ गते।

मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्ने भएको छ ।

शनिबार महोत्तरीको मडइमा रात्रि विश्राम गरेर डोलासहित परिक्रमाका यात्रीहरु आज बिहानै ध्रुवकुण्ड प्रस्थान गर्नेछन् ।

१ सय २८ किलोमिटर दूरीको विभिन्न १४ धार्मिकस्थलको दर्शन गर्दै गरिने १५ दिने माध्यमिकी परिक्रमा धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारीस्थानबाट सुरु भइ हनुमानगढी हुँदै भारत बिहारको कल्याणेश्वरबाट औपचारिक रुपमा सुरुवात भएको थियो ।

ध्रुवकुण्डपछि परिक्रमा यात्रा सोमबार पर्वता, सत्तोषर, औरही र विशौल हुँद फागुन चतुर्दशीको दिन विशौलबाट परिक्रमा जनकपुर फर्किनेछ । राजा जनकको राज्यको मध्यभागको परिक्रमा गरेर फर्केका परिक्रमायात्रीले जनकपुर पुगेर सम्पूर्ण फलको प्राप्ति गर्ने जनविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *