अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन १६ गते।
राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।
आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । तर उनीहरुले उम्मेदवारी फिर्ता लिने सम्भावना कम छ । दुवै उम्मेदवारहरु विरुद्ध उजुरी र दावी विरोध पनि परेको छैन ।