आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन २९ गते।

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै छ।

नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछ।

पछिल्ला १० खेलमा नेपालले ९ वटामा जित हाँसिल गरेको छ। आजको खेलमा पनि जित निकाल्दै विश्वकप क्वालिफायर खेल्ने सम्भावना कायमै राख्न चाहन्छ।

आइतबार भएको खेलमा नेपालले यूएईविरुद्ध १७७ रनको जित निकाल्दै एक दिवसीय मान्यता जोगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *