अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १४ गते।
मन्त्रालय भागबन्डा टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे सुरु हुनेछ।
बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । बैठकबाटै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी नेताहरूको छ ।
बैठकमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पनि सत्तागठबन्धन आबद्ध दलहरु बीच भागबन्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।