अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १५ गते।
सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु हुँदै छ ।
काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै सेतो मच्छिन्द्रनाथको रथयात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवागमन प्रभावित हुनसक्ने जानकारी दिएको हो ।
रथजात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरिदिएको छ । रथजात्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।
चैत १५ गते रथलाई तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइन्छ ।
चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्याइन्छ ।
चैत १७ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।
पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।