अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र १८ गते।
आईपीएलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।
शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा गुजरातले चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । चेन्नईले दिएको १७९ रनको लक्ष्य पछाएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
आईपीएल अन्तर्गत आज दुई खेल हुँदैछ । पन्जाब किंग्स र कोलकाता नाइटराइडर्स बीचको पहिलो खेल दिउँसो ३:४५ बजेबाट शुरु हुनेछ । लखनऊ सुपर जाएंट्स र दिल्ली क्यापिटल्स बीचको दोस्रो खेल राति ७:४५ बजेबाट शुरु हुनेछ ।