कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १० गते।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुनेछ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो ।

यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ः०० बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *