अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १५ गते।
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहीबार दिउँसोदेखि अवरुद्ध बनेको छ ।
पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुलाउन नसकिएको हो । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सबहीबार दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा झरिरहेको छ । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन ।
सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बिच बाटोमा अलपत्र परेका छन् ।