अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १५ गते।
आज असार १५ गते अर्थात धान दिवस।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी नपर्दा देशैभर रोपाईं प्रभावित भएको छ ।
उपत्यका, उच्च पहाडी भेग र तराईका अधिकांश भागमा रोपाईं सकिनु पर्नेमा यो वर्ष आधा पनि रोपाईं हुन सकेको छैन । मध्य पहाडी भागमा भने असार आखिरबाट रोपाई सुरु हुने गर्दछ ।