औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न निर्देशन

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १४ गते।

औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा औषधि व्यवस्था विभागले परीक्षण गरेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

“विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,” उनले भने, “औषधि ऐन, २०५३ को दफा १२ अनुरुप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *