अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २९ गते।
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।
खेल श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।
जुलाई २३ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा भने श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।