आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ११ गते।

आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

आज राति भने कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *