रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु , १८ जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

रोल्पामा बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।

सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिलामा  दिउँसो १ बजेतिर दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए ।

प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो ।  बसमा २५ जना यात्रु सवार रहेका थिए ।  दुर्घटना लगतै चालक फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *