अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २३ गते।
रोल्पामा बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।
सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिलामा दिउँसो १ बजेतिर दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।
यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए ।
प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो । बसमा २५ जना यात्रु सवार रहेका थिए । दुर्घटना लगतै चालक फरार भएका थिए ।