अविरल वर्षाका कारण आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

अविरल वर्षाका कारण आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *