मकवानपुरको राक्सिराङ गाउँपालिकाले दिए क्रिसमसमा तीन दिन सार्वजनिक बिदा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ८ गते। 

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ

गाउँपालिकाले विज्ञप्ति जारी गर्दै क्रिसमस मनाउन यही पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सूचनामार्फत उल्लेख गरेका छन् ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ । हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *