अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन २ गते।
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ।
विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन् ।
भ्यालेन्टाइन-डेका रूपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरुपमा मनाउने गर्दछन् । प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ ।
रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक बिवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ।