मिथिला माध्यमिकी परिक्रमा आज पाँचौं दिन जलेश्वरमा

अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,चैत १ गते।

मिथिला माध्यमिकी परिक्रमा आज पाँचौं दिन जलेश्वरमा पुगेका छन्।

यस अघि हिजो डोलासहित परिक्रमाका यात्रीहरु मटिहानीमा रात्रि विश्राम गरेका थिए ।

स्थानीयवासीले ठाउँ ठाउँमा परिक्रमा यात्रीका लागि निःशुल्क भोजन, पानी, दाउरा, बिजुलीको व्यवस्था मिलाएका छन् । परिक्रमाका सहभागीले पाँचौ दिनको विश्राम मडैमा, छेठौ दिन धु्रवकुण्डमा, सातौ दिनको बास कन्चनवनमा बसेर आठौ दिन पुनः धुनषाको पर्वतामा बस्नेछन् । त्यसपछि धनुषाधाम, औरही, करुणा, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागुन पुर्णिमाको दिन जनकपुर फर्कने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *