मिथिला माध्यमिकी परिक्रमा आज मडैमा

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,चैत २  गते।

मिथिला माध्यमिकी परिक्रमा आज मडै पुग्दै छ

पाँचौ दिन जलेश्वर पुगेर रात्रि विश्राम गरेका परिक्रमामा सहभागी श्रद्धालुभक्तजन आज बिहानैदेखि महोत्तरी गाउँपालिका स्थित मडैको लागि प्रस्थान गरेका हुन् । परिक्रमाको टोली मडै पुगेपछि  आज त्यहाँ  भव्य मेला लाग्ने छ ।

मडैबाट परिक्रमा टोली हिँडेपछि भोली दिउँसो ध्रुवकुण्ड पुग्छन् । त्यहाँ राति विश्राम पश्चात क्रमशः कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *