आईपीएलमा(IPL) सनराइज हैदराबादले पञ्जाबलाई २ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत २८ गते।

आईपीएलमा(IPL) सनराइज हैदराबादले पञ्जाबलाई २ रनले पराजित गरेको हो ।

हैदराबादले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाउन सक्यो ।

खेलमा पञ्जाबले खराब सुरुवात गरेको थियो । मात्र २० रनमा टोलीले ३ विकेट गुमाइसकेको थियो । १६ औँ ओभरमा ११४ रन बनाउँदा टोलीका ६ ब्याट्सम्यान पभेलियन फर्किसकेका थिए ।

तर, शशांक सिंह र आशुतोष शर्माले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । सिंहले २५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाए ।

त्यस्तै शर्माले १५ बलमा ३३ रनको योगदान दिए । उनले १५ बलमा ३ चौका र २ छक्का हिर्काए । यसैगरी साम करनले २९ रन तथा सिकन्दर राजाले २८ रन बनाए ।

हैदराबादका लागि भुवनेश्वर कुमारले २ तथा कप्तान प्याट कमिन्ससहित टी नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १–१ विकेट लिए ।

पञ्जाबका लागि नितिशककुमार रेड्डीले सर्वाधिक ६४ रनको योगदान गरे एक विकेटसमेत लिएका उनी प्लेर अफ दि म्याच पनि भए ।

यस्तै, अब्दुल समादले २५, ट्रभिस हेडले २१, अभिशेक शर्माले १६, शहबाज अहमदले १४, राहुल त्रिपाठीले ११ रन बनाए ।

पञ्जाबका अर्शदीप सिंहले ४, साम कुरन र हर्सल पटेलले समान दुई र कागिसो रबाडाले एक विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *