आईपीएलमा(IPL) लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख १२ गते।

आईपीएलमा(IPL) लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

लखनउको जितमा मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित शतकीय इनिङ खेले ।

लखनउलाई जित्नलाई अन्तिम ६ बलमा १७ रन चाहिएको थियो । मुश्ताफिजुर रहमानलाई छक्का, चौका, नो बलमा चौका र फेरि पनि चौका हान्दै उनले सहजै खेल जिताए ।

निकोलस पुरन १५ बलमा ३ चौका र २ छक्कासहित ३४, देवदत्त पाडिक्कल १३, राहुल १६ र क्विन्टन डि कक शून्यमा आउट भए । दीपक हुडाले ६ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।

चेन्नईका लागि कप्तान रुतुराज गायकवार्डले अविजित १०८ रनको शतकीय योगदान दिए । ६० बलको सामना गरेका गायकवार्डले १२ चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै शिवम् दुबेले पनि २७ बलमा सात छक्का र तीन चौकाको मद्धतमा ६६ रन बनाएका थिए ।

जितसँगै लखनउ आठ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट आठ अंक जोडेको चेन्नई पाँचौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *