भारतमा सातौं तथा अन्तिम चरणको लोकसभाको चुनाव आज हुँदै

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,जेठ १९ गते। 

भारतमा जारी लोकसभा चुनावअन्तर्गत सातौं र अन्तिम चरणको मतदान आज हुँदै छ

आज ८ राज्यका ५७ सिटका लागि मतदान हुन लागेको हो। अन्तिम तथा सातौं चरणको मतदान बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि हुन लागेको हो।

यसअघि छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भएको थियो।

भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान भएको थियो।

अप्रिल १९, २६, मे ७, १३, २० र २५ तारिखमा गरेर भारतमा यसअघि छैठौ चरणको चुनाव सकिएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *