आज जानकी नवमी जनकपुरधाममा धुमधामका साथ मनाइँदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, वैशाख २३ गते

आज जानकी नवमी जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ ।

वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।

विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ । जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुरधाम पुगेका छन् ।

जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *