अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, जेठ १२ गते
मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।
जेठ कृष्णपक्ष अमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ ।
पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलकी महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।
जनकपुर लगायत ग्रामीण क्षेत्रका महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै बरसाईत पर्व मनाउने गर्छन् ।
कतिपय महिलाहरु घरमै बरको हाँगा ल्याएर पूजा आजा गर्छन् ।
वरको वृक्ष तथा हाँगामा तल रातो पहेलो धागा बेर्दै महिलाहरु पतिको दिर्घायुको कामना गर्ने गर्दछन् ।
बट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु बढ्ने जनविश्वास रहि आएको छ ।