अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ९ गते
आजबाट बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व सुरु भएको छ ।
गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको फरिक्रमा गरिन्छ ।
आजदेखि आगामी भदौ ८ गतेसम्म यस पर्व मनाइने गरिन्छ ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन् ।