अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ २४ गते
सिरहा प्रशासन द्वारा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी आदेशअनुसार, मिरचैया, गोलबजार, लहान र सिरहा नगरपालिकाका तोकिएका सीमाभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यो आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ।
कर्फ्युको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू, जस्तै एम्बुलेन्स, दमकल, शववहान, र स्वास्थ्यकर्मीका गाडीहरूलाई भने आवतजावतमा छुट दिइएको छ।