आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, आषाढ १२ गते

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने छ ।

देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराईका  तथा मधेस प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका  सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *