मधेस प्रदेश सभाको बैठक आज बस्दै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, आषाढ ३० गते

मधेस प्रदेश सभाको बैठक आज दिउँसो १:०० बजे बस्दै छ ।

बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

यही असार २८ गते बसेको प्रदेशसभा बैठकले बजेटसम्बन्धी विवाद समाधानका लागि प्रदेशसभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आव २०८३-८४ का लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *