आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज ९ गते

आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ।

आज र भोलि जोखिम बढी रहेकाले विशेष सावधानी अपनाउन मौमस पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश प्रदेशको एक/दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

धेरै विद्यालयले आज बिदा दिएका छन् । मुख्य राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *