अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर २ गते।
यात्रुसहितको बस दुर्घटनामा परेको छ । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये दाङ तुल्सीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्याइएको छ । तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।