अनलाईन न्युजपाटी,झापा,समाचारदाता, मंसिर ७ गते।
झापा दमक नगरपालिका-६ बस्ने १ जनाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको छ।हिजो दिउसो २ बजे आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए ।लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा निरौलाको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।