कैलालीमा लागु औषधि सहित दुईजना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, मंसिर ७ गते।

कैलालीमा लागु औषधि सहित दुईजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ मेनरोडको वेल्स क्याफे नजिकैबाट २ ग्राम ६८० मिलिग्राम खैरो हिरोइन सहित उनिहरुलाएई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका अन्दाजी २४ वर्षका बिबेक गुप्ता र धनगढी उप–महानगरपालिका–३ घरभई हाल कञ्चनपुर पुर्नवास नगरपालिका– ११ बस्ने २९ वर्षीय दिप थापा रहेका छन ।उनिहरुलाई पक्राउ गरि कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *