जनकपुरधाममा महिला पाकेटमारी आतंक १०० भन्दा बढी पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर १५ गते।

विवाहपञ्चमी महोत्सव जनकपुरधाममा कडा सुरक्षाकाबीच  पाकेटमारको बिगबिगी देखिएको छ । समान्य भेषभुषामा पाकेटमारी गर्दै हिडेका १०० जनाभन्दा बढी पाकेटमारलाई प्रहरीले पक्राउ गरेको छ । विवाहपञ्चमी महोत्सव महोत्सवमा दर्शनार्थीहको भीडभाडको मौका छोपी पाकेटमारी गर्ने १०० जनाभन्दा बढीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पाकेटमारी गर्ने अधिकांस महिला रहेको डिएसपी सन्तु जयसवारले जानकारी दिए । जानकी मन्दिर, रंगभूमी मैदान बाह्रविघा, राममन्दिर लगायतका भीडभाड हुने क्षेत्रबाट उनीहरु पक्राउ परेको डिएसपी जयसवारले बताए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिइ केहीलाई जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्षमा राखिएको छ । यस्तै तिर्थालुहरुबाट अत्याधिक रकम अशुली गर्ने एकजना होटेल सञ्चालकलाई समेत नियन्त्रणमा लिइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *