अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, मंसिर २१ गते।
कैलालीमा ट्रकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ८ बडैपुरमा पैदल हिडिरहेकी अन्दाजी ७० वर्षीया पतनीदेवी चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ना५ ख २५२१ नम्बरको ट्रकको ठक्करबाट गौरीगंगा ७ बस्ने चौधरीको मृत्यु भएको पुष्टि गरे।उनले चौधरीलाई ठक्कर दिएर ट्रक पल्टीएपछि शव च्यापिएकाले निकाल्न कठिन भईरहको बताए। ट्रक चालक गणेश रानालाई ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ।