ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त

अनलाईन न्युजपाटी, बाँके ,समाचारदाता, मंसिर २२ गते।

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ ।आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्डमा ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्दको मृत्यु भएको हो ।

त्रिभुवन उच्च माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत चन्दको मृत्यु भएपछि विद्यार्थीहरुसँगै स्थानीयवासीको समूहले ट्रकमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको छ । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।  आक्रोशित समूहले सडक ठप्प पारिदिएका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ भने केही सेल अँश्रु ग्याँस प्रहार गरेको छ । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *