अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर २३ गते।
सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरिएको छ । सिरहाको भगवानपुर गाउँपालिका-३ का ३८ वर्षीय अजय कुमार यादवलाई पक्राउ गरिएको हो ।आइतबार ११ बजेको समयमा अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।उनलाई घरमा लुकीछिपि बसेको अवस्थाबाट पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।