अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर सहित पाकिस्तानी नागरिक पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर २३ गते।

अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिक वर्षीय अघा जेसान हैदर पक्राउ परेका छन् ।मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर परेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *