महोत्तरीको औरही खोला नजिकबाट दुई थान लोडेड पेस्तोल र गोलीसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता, मंसिर २३ गते।

महोत्तरीको औरही खोला नजिकबाट प्रहरीले दुई थान लोडेड पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गौशाला नगरपालिका–६ फुल्काहका ३२ वर्षीय राकेशकुमार यादव छन् । उनको साथबाट इन्डीयन पेस्तोल १ थान, म्यागजिन १ थान, लोड रहेको गोली चार राउण्ड र नलकटुवा एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *