सामाजिक सञ्जालको दुरुपयोग गरेर चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर २६ गते।

सामाजिक सञ्जालको दुरुपयोग गरेर चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भाइबर, ह्वाट्स एप, इमो, फेसबुकबाट चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् ।विदेशी नागरिकहरू नाइजेरियन पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए । विदेशी नागरिकले नेपाली नागरिकलाई एजेन्ट बनाइ लामोसमयदेखि सामाजिक सञ्जालमार्फ करोडौं रुपैयाँ ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।उनीहरूले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउँथे । हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद काराबार देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।हरीका अनुसार नाइजेरियन र भारतीय नागरिकहरुले भारतको दिल्ली, मुम्बइ, पाकिस्तान, चीन, तान्जानिया इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरूलाई एजेन्ट बनाइ लामो समयदेखि ठगी गर्दै आएका थिए ।एजेन्टहरूले ठगी गरेको रकम कारोबार गर्न प्रयोग गरेका बैंकहरूसमेत ह्याक भएको हुन सक्ने सम्भावना रहेकोले सो सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *