अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, मंसिर २६ गते।
कञ्चनपुरको वेदकोट स्थित महाकाली सिँचाइको नहरमा बिहीबार बिहान एक जना अज्ञात पुरूषको शव फेला परेको छ ।वेदकोट नगरपालिका वडा नम्बर १० सिसैया भन्ने स्थानमा नहरको किनारमा मोटरसाइकल समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।मोटरसाइकल सिसैया प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ भने मृतकको सनाखत हुन सकेको छैन ।