अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, मंसिर २६ गते।
कञ्चनपुरमा हात्तिले आत्तङ्क मच्चाउन थालेको छ । कञ्चनपुरको वेदकोटमा बुधबार हात्तीको आक्रमणबाट एकजना घाईते भएका छन् ।जिल्लाको वेदकोट नगरपालिका २ को मुक्त कमैया शिविरमा बस्दै आएका ७० वर्षीय वृद्ध सीताराम डगौँरा हात्तीको आक्रमणबाट घाइते भएका हुन ।सामुदायिक वनबाट बस्तीमा छिरेको हात्तीको बथानले राती घरमा सुतिरहेका अवस्थामा डगौँरा माथि आक्रमण गरी घाईतेबनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।यसअघि बुधवार विहान जिल्लाको महाकाली नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन्।