बन्द कोठामा कर्मचारीसँग मस्ती गरिरहेको आरोपमा स्थानीयले उलाई निर्घात कुटपीट गरे

अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, मंसिर २६ गते।

बन्द कोठामा कर्मचारीसँग मस्ती गरिरहेको आरोपमा स्थानीयले उलाई निर्घात कुटपीट गरेका हुन् ।पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा नं।३ जयमंगलापुरका वडाध्यक्ष विनोद साह कानुलाई स्थानीयले कुटपीट गरेका हुन् ।वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाध्यक्ष कानु र वडा कार्यालयकी सहयोगी महिला एउटा बन्द कोठामा थिए । वडा कार्यालय पुगेका सेवाग्राहीले कार्यालयको कोठाको ढोका खोल्दा वडाध्यक्ष कानु आक्रोशित हुँदै स्थानीयलाई गालीगलौज गर्न थाले पछि विवाद भएको थियो ।कोठा खोलेको निहुँमा वडाध्यक्ष स्थानीय माथि गाली गलौज गर्दै खनिए पछि विवादले उग्ररुप लिएको थियो । यसै विषयलाई लिएर कानुको आचरण ठिक नभएको आरोप लगाउँदै कार्यालयमा जम्मा भएका स्थानीयले कुटपीट गरेका हुन् ।घटनास्थलमा पुगेको प्रहरीमाथि पनि स्थानीय जाइलागेका थिए । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटना बारे अनुसन्धान गर्न स्थानिय वृजेश मुखिया विन र अनिश कुमार साहलाई वुडगाई प्रहरी चौकीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *