टोपीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा अवैध लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, मंसिर २६ गते।

टोपीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित तीनजनालाई पक्राउ गरेको छ ।सीमावर्ती बजार जोगवनीबाट लागूऔषध खैरो हिरोइन ल्याउँदै गरेका अनुज खत्री र उनलाई भरिया बनाएर जोगवनी पठाउने तीनजनालाई पक्राउ गरेको हो ।बुधबार बेलुका जम्पर लगाएर जोगवनीबाट विराटनगर तर्फ आउँदै गरेका केराबारी गाउँपालिका–१० का २९ वर्षीय अनुज खत्रीमाथि चेकजाँच गर्दा जम्परको टोपीमा १ ग्राम ६
मिलिग्राम खैरो हिरोइन भेटिएको थियो ।अनुसन्धानका क्रममा उनलाई भरिया बनाएर पठाउने केराबारी कै ४१ वर्षीय तेजबहादुर लिम्बु र विराटनगर महानगरपालिका–६ का २७ वर्षीय आयुव आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी राजकुमार खिइजूले जानकारी दिए ।खत्रीले बयानका क्रममा भारत पठाउने लिम्बु र आलम पक्राउ परेका हुन् । तीनै जना विरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *