अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, मंसिर २६ गते।
बिहिबार दिउँसो प्रहरीले कैलालीको अत्तरियाबाट ७ किलो चरेश सहित चारजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटी को संयुक्त टोलीले गोप्य सूचनाको आधारमा गोदावरी नगरपालिका २ अत्तरिया पहाड रोडमा रहेको जसमल सिंह ठगुन्नाको कोठामा लुकाएर राखेको अवस्थामा ७ किलो चरेश बरामद गरेको हो ।प्रकाउ पर्नेमा दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ घर भई गोदावरी २ मा डेरा गरी बस्दै आएका ३२ बर्षिय जसमल सिह ठगुन्ना, २५ बर्षिय वकिल सिंह ठकुन्ना,२७ बर्षिय जीवन सिंह ठकुन्ना र अपि हिमाल गाउँपालिका ४ बेशि दार्चुलाका २४ बर्षिय हिक्मत सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एब प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।