पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि आक्रमण गर्ने २१ जना प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता, मंसिर २६ गते।

पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि आज बिहिबार दिउँसो आक्रमण गर्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका पीडित वचतकर्ताहरुले पत्रकार काफ्लेलाई आक्रमण गरेका थिए ।उनीहरुको आन्दोलनको समाचार संकलन गर्न ढिला पुगेको भन्दै गालीगलौज गर्दै केही पीडित भनिएका वचतकर्ताहरुले काफ्लेमाथि एक्कासी आक्रमण गरेको प्रहरीले बताएको छ ।आक्रमणबाट पत्रकार काफ्लेको देब्रे आँखामा गम्भीर चोट लागेको छ भने नाचको टुप्पो भाँचिएको सिटिस्क्यानबाट देखिएको छ ।उनलाई विजयपुर हस्टिपलमा प्रारम्भिक उपचार गरी अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारको लागि लगिएको छ ।स्वास्थ्य अवस्था भने उनको खतरामुक्त रहेको अस्पताल श्रोतले बताएको छ । समाचार लेख्न किन ढिलाई आइस भनेर विवाद गर्न थाल्यो, एक जनाले त हानीहाल्यो,’घाइते पत्रकार काफ्लेले भने । पत्रकार काफ्ले न्युज२४ टेलिभिजनमा कार्यरत छन् ।काफ्लेलाई नरेश साही, दिपक राई र एक महिलाले आक्रमण गरेका हुन् । भीडमा अन्यले पनि कुटपिट गरेको बताइएको छ । पत्रकार आक्रमणको आशंकामा सल्लेरी पीडित वचतकर्ताहरु २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । घाइते पत्रकार काफ्लेको वयान तथा उजुरीको आधारमा निर्दोष देखिएकाहरुलाई भने छाडिने डिएसपी न्यौपानेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *