दाईजोमा फ्रिज नदिँदा धनुषामा एक नवविवाहिताको रहस्यमय हत्या

अनलाईन न्युजपाटी,धनुषा,समाचारदाता, मंसिर २७ गते।

धनुषामा एक नवविवाहिताको रहस्यमय मृत्यु भएको छ । माइतपक्षल भने दाईजोमा फ्रिज नदिँदा छोरीको हत्या गरेको आरोप लगाएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रगर बस्ने नविनकिशोर साहकी १९ वर्षीया श्रीमती ज्योती नायक संकास्पद मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।बुधबार अपराहन्न सवा ४ बजे घाँटीमा सल बेरिएको अवस्थामा ज्योतीको शव आफ्नै घरबाट बरामद भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दहालले बताए । ‘हामीलाई सवा ४ बजे जानकारी आयो । टोलीसहति पुग्दा घाँटीमा सल बेरिएको थियो । परिवारजनले ज्योती झुण्डेर आत्महत्या गरेको अवस्थामा शव तल ओरालेको बताएको छ’ निरीक्षक दहालले भने ‘संकास्पद अवस्थामा शव बरामद भएको छ । विवाद पश्चात घटना भएको कुरा पनि आएको छ । ज्योतीको हत्या हो की आत्म हत्या पोस्टमार्टम रिर्पोटपछि मात्र भन्न सकिन्छ’ज्योतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।ज्योतीको झण्डै एकवर्ष अघि २०७५ फागुन १९ गते क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने राजकिशोर साहका छोरा २८ वर्षका नविनकिशोरसंग १७ लाख दाइजो दिएर समाजिक परम्परा अनुसार विवाह भएको थियो । एकवर्ष नवित्दै नवविवाहिता छोरी ज्योतीको शंकास्पद मृत्यु भएपछि बुबा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ बस्ने सुरेन्द्र नायकले दाईजोको निहुँमा छोरीको हत्या गरेको आरोप लगाए । छोरीको हत्या भएको भन्दै बिहीबार ज्वाइँसहित घरपरिवारमाथि किटानी जाहेरी दिन बुबा सुरेन्द्र जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *