मलको कालोबजारी गर्ने एक जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर २७ गते।  

रसायनिक मलको कालोबजारी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–३ का ३५ वर्षीय संजिवकुमार साह रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार संजिवको धनुषाधाम बजारमा रहेको संजिव बिज भण्डारका सञ्चालक हुन्। उनले पसलमा बजार भाउभन्दा बढी मूल्यमा मल बिक्री गरहेको प्रहरीले बताएको छ। पसलबाट ५० किलोग्राम तौलको ४८ बोरा युरिया मल बरामद गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। यस्तै, सोही ठाउँका रामबाबुप्रसाद यादवले समेत मलको कालोबजारी गर्दै आएको खुलेको छ। यादव फरार छन्। उनले सञ्चालन गरेको सफल कृषि भण्डार नामक पसलबाट ५० किलोग्राम तौलको युरिया मल ९५ बोरा, डिएपी मल २५ बोरा, सल्फेट मल १ बोरा र पोटास मल ९ बोरा बरामद गरिएको छ। बिहीबार बरामद भएको मल करिब तीन लाख ९१ हजार ६०० रुपैयाँ बराबर छ। पक्राउ परेका संजिवकुमार साह तेलीमाथि कालो बजारी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराएको छ। रामबाबुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *