शुक्रबार भएको कलेज बस दुर्घटनामा परी २२ जना विद्यार्थी घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर २७ गते।

शुक्रबार भएको कलेज बस दुर्घटनामा परी २२ जना विद्यार्थी घाइते भएका छन्। काठमाडौस्थित मदन भण्डारी मेमोरियल कलेजबाट बनभोजका लागि आएको बस सडकमा पल्टिदा विद्यार्थी घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।सूर्यबिनायक नगरपालिका ८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्दिसिद्दी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको थियो। प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि आएका थिए।घाइतेहरुमध्ये २० जना भक्तपुरको सल्लाघारीस्थित डा इवामुवारा अस्पताल सल्लाघारी र दुई जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *